१९ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूलय १९ सय रुपैयाँ प्रतितोलाका दरले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आइतबार सुनको मूल्य १९ सय रुपैयाँले घटेको हो।
आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँका दरले भएको थियो।
Advertisement 2
त्यस्तै शुक्रबार प्रतितोला १८ सय ७० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि प्रतितोला १८ सय रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ चैत्र २४, आईतवार ११:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%