ऊर्जा मन्त्रालयले हटाउन निर्देशन दिएका गुरुङले के लेखेका थिए?

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिंचाइँ मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिमल गुरुङलाई हटाउन प्राधिकरणलाई निर्देशन दिएपछि आइतबार चर्चाको विषय बनेको छ।
Advertisement 1
कतिपयले सरकारको आलोचना गरेको र आलोचनात्मक समाचार फेसबुकमा सेयर गरेकै आधारमा गुरुङलाई हटाउन खोजिएको भन्दै ऊर्जा मन्त्रालयको आलोचना गरिरहेका छन्।
तर, गुरुङले आलोचनात्मक समाचार सेयर गरेको मात्रै नभएर विभागीय मन्त्री र मन्त्रीको सचिवालयका विज्ञलाई ‘खलपात्र’ ‘कुपात्र’ नै भनेर व्यक्तिगत गालीगलौजमा उत्रिएका थिए।
Advertisement 2
सोही मन्त्रालयमातहतको प्राधिकरणको सहायक कम्पनीको जिम्मेवार पदमा बसेर उनले व्यक्तिगत गालीगलौज गर्दै मन्त्री र उनका ऊर्जा विज्ञ सल्लाहकार प्रबल अधिकारीलाई ‘खलपात्र’ भनेका थिए।
Advertisement 3
पछिल्लो समय उक्त स्ट्याटसहरु हटाए पनि उनले मन्त्री, उनका सचिवालयका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निरन्तर लेखिरहेका थिए।
सोही कारण उनलाई जिम्मेवारीबाट हटाउन मन्त्रालयले गत ८ गते प्राधिकरणलाई निर्देशन दिएको हो।
उक्त निर्देशन कार्यान्वयन हुनेमा भने संका नै छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नै गुरुङलाई दूधकोशीको सीईओ बनाएका हुन्। घिसिङले पछिल्लो समय कानुन, नीति नियम, मन्त्रालयका निर्देशनमा अटेरी गर्दै आएका छन्।
कुलमानको उक्साहटमा मन्त्रीविरुद्ध लागेका दूधकोशीका सीईओको जागीर संकटमा!