निजामति सेवा विधेयकमा जुटेन सहमति, अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौं। प्रतिनिधिसभा संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामति सेवा विधेयकमाथि छलफलका लागि उपसमिति गठन गरेको छ।
Advertisement 1
शुक्रबार बसेको समितिको बैठकले उप सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिका सभापति रामहरी खतिवडाको प्रस्तावमा उपसमिति गठन गरिएको हो।
समितिमा छलफलका क्रममा सहमति नजुटेका दफाहरुको अध्ययन गरी उपसमितिले समितिमा प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।
Advertisement 2
उपसमिति सदस्यहरूमा सांसदहरू अशोककुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे छन्। उक्त उपसमितिले अध्ययन प्रतिवेदन १ महिनाभित्र समितिमा पेश गर्ने छ।
प्रकाशित :२०८१ फाल्गुन ९, शुक्रबार १५:३३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%