गाउँपालिकाको गाडीमा भेटियो लाखौँ रूपैयाँ, अध्यक्ष भने हाम फालेर गायब


धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ घुस बरामद भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले ८ लाख रुपैयाँ घुस रकमसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।

Advertisement 1

आयोगको टोलीले उक्त रकमसहित सरकारी नम्बर प्लेटको उक्त गाडी र चालकलाई नियन्त्रणमा लिएको छ भने अध्यक्ष राउत गाडीबाट हाम फालेर फरार भएको अख्तियार स्रोतले जनायो । गाउँपालिका अन्तर्गतको विकास निर्माणका योजनाहरूको कामको भुक्तानि दिन उनले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएको अख्तियारको दाबी छ ।

अध्यक्ष राउतमाथि १० लाख रुपैयाँ कमिसन मागेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई सोमबार दिउँसो साढे ४ बजेदेखि घेरामा हालेर छानविन सुरु गरेको थियो । करिब ३ घण्टाको छानविनपछि अख्तियारको टोलीले गाडीबाट लाखौँ रकम बरामद गरेको थियो । अध्यक्ष भने गाडीबाट कुदेर फरार भएका थिए । अध्यक्ष राउतको खोजी भइरहेको अख्तियारले जनाएको छ ।

Advertisement 2

आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले गाउँपालिका अध्यक्षको गाडीबाट रकम बरामद भएको र उक्त रकम कति हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित :२०७७ फाल्गुन १८, मंगलवार १०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry