विराटनगरको आदर्श बालिका माध्यमिक विद्यालयलाई नेपाल एसबिआई बैंकको सहयोग

काठमाडौं। नेपाल एसबिआई बैंकले विराटनगरमा रहेको आदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मोरङको विराटनगर महानगरपालिका-७ मा रहेको उक्त विद्यालयलाई सहयोग गरेको हो।
Advertisement 1
‘आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरिएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारीले आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलार्ई उक्त सामाग्री हस्तान्तरण गरे।
Advertisement 2
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो। बैंकले शिक्षा क्षेत्रमा यस किसिमका कार्यक्रम गर्दै आएको छ।