अघिल्लो बर्षकोभन्दा घट्यो इन्भेष्टमेन्ट बैंकको लाभांस र बोनस

 

Advertisement 1

नेपाल इन्भेष्टमेन्ट बैंकले अघिल्लो आर्थिक बर्षको नाफाबाट सेयर धनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको लाभांश अघिल्लो आर्थिक बर्षको भन्दा घटेको छ ।
हिजो बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस गरी ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

जबकी आर्थिक बर्ष ७७/ ७८ मा बैंकले ११ दशमलव २४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत ७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो।
गत आर्थिक बर्षको नाफाबाट जम्मा ११ प्रतिशतमात्र बोनस र लाभांस वितरण गर्न लागेको हो ।

Advertisement 2

गत आर्थिक बर्षमा बैंकको चुक्ता पूँजी रु १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ को ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ बराबरको बोनस शेयर र ७ प्रतिशत ले हुने रु १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ बराबरको नगद लाभांश प्रस्ताव अघि सारेको छ।

 

Advertisement 3

उक्त प्रस्ताव नियामक राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

 

प्रकाशित :२०७९ कार्तिक ३०, बुधबार १३:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry