अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले विश्व व्यापार संगठन (डब्लुटीओ) मा विरोध जनाएको छ।
Advertisement 1
जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई अमेरिका प्रवेश गर्ने उत्पादनमा थप १० प्रतिशत कर लगाइएको घोषणा गरेका थिए।
ट्रम्पले गत हप्ता स्टील र आल्मुनियममा २५ प्रतिशत नयाँ कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। विश्व व्यापार संगठनका लागि चीनका राजदूत ली चेङगाङले विश्व व्यापार संगठनको निर्णय लिने ‘जनरल काउन्सिल’को यस वर्षको पहिलो बैठकमा भने, ‘विश्वले करका लागि शृंखलाबद्ध झट्काको सामना गरिरहेको छ।’
Advertisement 2
अमेरिकाले विश्व व्यापार संगठनको नियमको ठाडो उल्लंघन गर्दै चीनलगायत आफ्ना व्यापारिक साझेदारहरूमाथि एकतर्फी र स्वेच्छाचारी रूपमा कर लगाएको वा धम्की दिएको छ। चीनले यस्ता कदमको कडा विरोध गरेको छ। रासस