चितवनमा थप ३५ जनामा कोरोना पुष्टि, कहाँ कति थपिए ?
चितवन । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
Advertisement 1
बिहीबार राति ११ बजे आएको रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपुर गैँडाकोटका एक महिला र एक पुरूष तथा पर्साको ठोरीका एक महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा।नीतु अधिकारीले जानकारी दिइन् ।
Advertisement 2
फेरि परीक्षणका क्रममा अरू एक जनाको पनि संक्रमण पुष्टि भएको छ । तर, संक्रमित ती व्यक्तिको ठेगाना खुलाइएको छैन ।
प्रकाशित :२०७७ भाद्र २६, शुक्रबार ११:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%