१४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १४ सय रुपैयाँ प्रतितोलाका दरले बढेको हो।

Advertisement 1

बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँका दरले भएको थियो।

त्यस्तै मंगलबार प्रतितोला १८ सय ३५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार प्रतितोला १८ सय ५५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ माघ १६, बुधबार १०:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry