१६ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो।
Advertisement 1
आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँका दरले भएको थियो।
त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ। शुक्रबार प्रतितोला १८ सय ४५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि प्रतितोला १८ सय ६० रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ पुष २८, आईतवार ११:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%