८ सय रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो।
Advertisement 1
बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। बुधबार सुनको कारोबार प्रतितोला १लाख ५२ हजार ५ सय रुपैयाँमा भएको थियो। त्यस्तै बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
बुधबार प्रतितोला १८ सय ३० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबरका लागि प्रतितोला १८ सय ४० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८१ पुष २५, बिहीबार १०:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%