५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य ५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो ३ दिनको तुलनामा बुधबार सुनको मूल्य बढेको हो।

Advertisement 1

बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँ तोकिएको छ।

यसअघि आइतबारदेखि मंगलबारसम्म सुनको कारोबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँका दरले भएको थियो।

Advertisement 2

त्यस्तै मंगलबार प्रतितोला १८ सय ३० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार हुनेछ।

प्रकाशित :२०८१ पुष २४, बुधबार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry