सामान्य प्रशासनमा ३९, लेखामा ११ र राजस्वमा ७ उपसचिव बढुवाका सिफारिस
काठमाडौं। सरकारले नेपाल प्रशासन सेवाको सहसचिवमा बढुवाका लागि ५७ जना उपसचिवको नाम सिफारिस गरेको छ।
Advertisement 1
बढुवा समितिको बैठकले प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ३९ जना, लेखामा ११ जना र राजस्वमा ७ जना गरी उक्त संख्यामा बढुवाका लागि सिफारिस गरेको हो। ३९ जना सहसचिवमा बढुवाका लागि १७४ जनाको आवेदन परेका थियो।
त्यस्तै लेखामा ११ जनाका लागि ६८ आवेदन र राजस्वमा ७ जनाका लागि ३९ आवेदन परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ।
Advertisement 2
उनीहरुको कार्यसम्पादन र ज्येष्ठताको आधारमा योग्यताक्रम निर्धारिण गरेर सिफारिस गरिएको बढुवा समितिले जानकारी दिएको छ।
हेर्नुहोस् नामावली:
Loading...
प्रकाशित :२०८१ पुष १९, शुक्रबार १२:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%