१४ सय रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य बढेको हो।
Advertisement 1
बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार रुपैयाँ तोकिएको छ। मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँका दरले भएको थियो।
बुधबार चाँदीको मूल्य यथावत् राखिएको महासंघले जानकारी दिएको छ। मंगलबारका लागि प्रतितोला १७ सय ६५ रुपैयाँ तोकिएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार हुने महासंघको भनाइ छ।
प्रकाशित :२०८१ पुष १७, बुधबार १०:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%