जलबिरेमा २ बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान २ बस र १ ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ।

Advertisement 1

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनीहरू घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र ९ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाका कारण केही समय सडकमा रोकिएका सवारीसाधन अवरोध हटेसँगै गन्तव्यतर्फ लागेका छन्।

प्रकाशित :२०८३ श्रावण ३, आईतवार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry