अटो रिक्सा बढेपछि ट्राफिक व्यवस्थापन चुनौती

सिरहा। व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको संख्या वृद्धि हुन थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ। साँघुरो सडक र जभाभावी अव्यवस्थित ढंगले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ।

Advertisement 1

भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेकोे जिल्ला ट्राफिक कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलिया बताउँछन्। प्रमुख थपलियाले अटो रिक्सालाई नियमन गर्नको लागि कार्यविधि नभएकाले यसमा स्थानीय तह र यातायात कार्यालयले ध्यान दिनुपर्ने बताए।

अव्यवस्थित रुपमा सञ्चानल गरिएका अटो रिक्सालाई कानुनको दायरामा ल्याई नियमन गर्नुपर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको भनाइ छ। पछिल्लो समय सिरहामा अटो रिक्सा ठूलो संख्यामा भित्रिरहेका छन्। ट्रेड युनियन महासंघ सिरहाका अध्यक्ष सञ्जीव उप्रेतिका अनुसार सिरहाको लहानमा मात्रै करिब तीन हजार अटो रिक्सा सञ्चालित छन्। जुन सडकको क्षमता भन्दा तीन दोब्बरले बढी हो।

Advertisement 2

सम्बन्धित पक्षले चासो नदेखाउँदा अस्तव्यस्त रुपमा जभाभावी चल्ने अटोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको उप्रेतिको भनाइ छ। चाहिनेभन्दा बढी भएपछि रिक्साले बजारनै ढाकेका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको इलाका प्रहरी कार्यलय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोती बताउँछन्।

प्रकाशित :२०८१ पुष १५, सोमबार १२:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry