५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रियो
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ बराबरको रमेट्यिान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकको विवरणअनुसार, रेमिट्यान्स आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भएको छ।
Advertisement 1
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह तीन अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह तीन अर्ब ६० करोड रहेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो।
Advertisement 2
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या एक लाख ४७ हजार चार सय ७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार एक सय पाँच जना रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ३७ हजार चार सय ७५ र ६८ हजार आठ सय ४१ रहेको थियो।