एनपीएल : काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य

काठमाडौं। जारी एनपीएलको १९औं खेलमा बुधबार दिउँसो भइरहेको खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ।

Advertisement 1

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको गुर्खाजले १९.२ बलमा अलआउट हुँदै १०३ रन बनाएको हो। उसका लागि सर्वाधिक व्यक्तिगत रन भीम सार्कीले ३१ रन बनाए।

त्यस्तै डान डाथ्वाइथेले २१, प्रतीक श्रेष्ठले २० तथा स्टेफेन एस्कानाजीले १३ रन बनाए। लुम्बिनीका लागि सादबिन जाफरले ३, रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ तथा सूर्य तामाङ तथा विवेक यादवले १–१ विकेट लिए।

Advertisement 2

जारी प्रतियोगितामा लुम्बिनीले ५ खेलमा १ जितसहित २ अंक तथा काठमाडौं ३ खेलमा १ जितसहित २ अंकका साथ तालिकाको पाँचौं तथा छैठौं स्थानमा छन्।

प्रकाशित :२०८१ मंसिर २६, बुधबार १४:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम