एनपीएलमा अहिलेसम्मकै कम रनको कीर्तिमान जनकपुर बोल्ट्सको, सुदूरपश्चिमसँग पराजित

काठमाडौं। जितका लागि जनकपुर बोल्ट्सलाई १२४ रन दिएको दिएको सुदूरपश्चिम रोयल्सले कसिलो बलिङ गर्दै जित हात पारेको छ। जनकपुर बोल्ट्स सुदूरपश्चिमको स्पिन बलिङसामु निरिह साबित हुँदै ५१ रनमा अलआउट भएपछि सुदूरपश्चिमले ७२ रनले खेल जितेको हो।

Advertisement 1

सबै इन्डबाट स्पिन बलिङ उतारेको सुदूरपश्चि रोयल्ससँग जनकपुर बोल्ट्सले १२.१ ओभरमा ५१ रन मात्रै बनाउन सकेपछि सुदूरपश्चिमले ७२ रनको फराकिलो. जित हात पारेको हो।

यस हारसँगै जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ। साथै जारी प्रतियोगितामा जनकपुरले सबैभन्दा कम रन बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेको छ। यसअघि पोखरा एभेन्जर्सले कुल ७४ रनको सबैभन्दा कमको कीर्तिमान बनाएको थियो।

Advertisement 2

बुधबार बिहान सम्पन्न खेलमा सुदूरपश्चिमका लागि इशन पाण्डे, दिपेन्द्र सिंह ऐरी र हर्मीत सिंहले २–२ विकेट लिए। त्यस्तै सैफ अलि जैब, नरेन साउद र स्कट कुग्लाइनले १–१ विकेट लिए। यसअघि बुधबार बिहान टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएको थियो।

उसका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए। जनपुरका लागि जोसुवा ट्रोम्पले सर्वाधिक १३ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। १३ रन अतिरिक्त पाएको जनकपुरले कुल ५१ रन मात्रै बनाउन सक्यो।

Advertisement 3

यससँगै सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आफ्ना ५ खेलमा ४–४ जित हात पार्ने टिम बनेका छन्। दुवै टिम ८–८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छन्। रन रेटका आधारमा सुदूरपश्चिम अगाडि छ।

प्रतियोगिताको अर्को खेल बुधबार दिउँसो काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबीच हुने तालिका छ।

प्रकाशित :२०८१ मंसिर २६, बुधबार ११:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry