नेपालमा आज बुधबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघेको छ । गत २४ घण्टामा १ हजार ८१ जना भेटिएसँगै संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । ३ सय ३८ महिला र ७ सय ४३ पुरुष गरी १ हजार ८१ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
Advertisement 1
प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ६, ताप्लेजुङमा १, धनकुटामा ९, भोजपुरमा ५, मोरङमा ७७ र सुनसरीमा ५६ जनामा कोरोना भेटिएको छ । प्रदेश २ को धनुषामा ३, पर्सामा ६, बारामा १७, महोत्तरीमा २, रौतहटमा ७०, सप्तरीमा २६, सर्लाहीमा ६ र सिराहामा ८१ जनामा कोरोना पाइएको छ ।
यस्तै, बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ९४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । काभ्रेमा ८, चितवनमा २१, दोलखामा ३, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ३६, मकवानपुरमा ४२, रामेछापमा ३, ललितपुरमा ३४, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा कोरोना पाइएको छ ।
Advertisement 2
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा १, पर्वतमा १, लमजुङमा १, बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश ५ को कपिलवस्तुमा ११, गुल्मीमा २, दाङमा १, नवलपरासीमा १२, पाल्पामा २, बर्दियामा १३, बाँकेमा २२, रुपन्देहीमा ४२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा २ र सुर्खेतमा २२, सुदूरपश्चिम प्रदेशको अछाममा १, दार्चुला ३ र बझाङमा २ जनामा कोरोना भेटिएको छ । कुल संक्रमितमध्ये १५ हजार २५ जना सक्रिय संक्रमित छन् । कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार १ सय ६७ जना जनाको परीक्षण भएको छ । देशभर हाल ५ हजार ४ सय ८० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।