यू-१९ एसिया कप क्रिकेटका लागि टिम घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ एसिया कपका लागि टिम घोषणा गरेको छ। क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरिएको आइतबार जानकारी गराएको हो।

Advertisement 1

टिममा अर्जुन कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा मगर, मयान यादव, नरेन साउद, युनिश विक्रक सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव रहेका छन्। त्यस्तै युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, प्रजित पौडेल, अविशेष तिवारी र रन्जित कुमार पनि टिममा समेटिएका क्यानले जानकारी दिएको छ।

टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन्। यू–१९ एसिया कप यही मंसिर १४ गतेदेखि २३ गतेसम्म यूएईमा हुने तालिका छ। नेपाल तालिकाको समूह ‘बी’मा छ।

Advertisement 2

नेपालसँगै बी समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। नेपालले पहिलो खेल मंसिर १४ गते श्रीलंकासँग, दोस्रो खेल मंसिर १६ गते बंगलादेश र समूहको अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ।

प्रकाशित :२०८१ मंसिर ९, आईतवार १३:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry