९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबारको तुलनामा बुधबार प्रतितोला ९ सय रुपैयाँले सुनको मूल्य बढेको हो।

Advertisement 1

बुधबारका लागि नेपाली बजारमा प्रतितोला १ लाख ६३ हजार रुपैयाँ सुनको मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसअघि मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँका दरले भएको थियो। सोमबार सुनको कारोबार प्रतितोला १ लाख ६१ ह्जार रुपैयाँका दरले भएको थियो।

Advertisement 2

बुधबार चाँदीको मूल्य सामान्य बढेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १९ सय ५० रुपैयाँ तोकिएको छ।

यसअघि मंगलबार प्रतितोला १९ सय ५५ रुपैयाँ र सोमबार प्रतितोला १९ सय २० रुपैयाँका दरले चाँदी कारोबार भएको थियो।

प्रकाशित :२०८१ मंसिर ५, बुधबार ११:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry