नेपाल लाइफको एक दिवसीय बिजनेस रिभ्यु सम्पन्न

काठमाडौं। जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय बिजनेस रिभ्यु मिट सम्पन्न भएको छ।
Advertisement 1
काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो।
कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता थियो।
									
										प्रकाशित  :२०८१ कार्तिक १४, बुधबार १४:०५																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                