बुधबार पनि बढ्यो सुनको मूल्य : १ लाख ६६ हजार नाघ्यो, दसैंपछि दैनिक नयाँ रेकर्ड

काठमाडौं। नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा दसैंपछि दैनिक नयाँ रेकर्ड बन्ने क्रमले बुधबार पनि निरन्तरता पाएको हो।

Advertisement 1

बुधबारका लागि प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ मूल्य तोकिएको महासंघले जानकारी दिएको छ।

यसअघि मंगलबार सुन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँका दरले कारोबार भएको थियो।

Advertisement 2

दसैंपछि सुनको मूल्य दैनिक बढिरहेको महासंघले जानकारी दिएको छ। बुधबारका लागि चाँदीको मूल्य पनि बढेको छ।

मंगलबार प्रतितोला २१ सय रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला २१ सय ३५ रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ कार्तिक ७, बुधबार १०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry