खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन २ सय उडान

सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ। लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन्।

Advertisement 1

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मंगलबार रामेछापको मन्थली र काठमाडौंबाट १९८ वटा उडान भएका हुन्।

हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन्। उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन्। हवाईजहाजबाट एक सय ६७ स्वदेशी र ६६७ जना विदेशी गरी ८ सय ४ तथा हेलिकप्टरबाट ६९५ पर्यटक लुक्ला ओर्लिएका उनले जानकारी दिए।

Advertisement 2

पर्यटक आगमनको याम सुरु भएकाले उडान संख्या अझै बढ्ने उनले बताए। यद्यपि पर्यटक लिएर काठमाडौं र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन्। लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको संख्या न्यून हुने गरेको तारा एयरलाइन्सका प्रतिनिधि अमृत मगरले बताए।

प्रकाशित :२०८१ आश्विन २३, बुधबार ११:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry