विराटनगर महानगरपालिकालाई नेपाल एसबिआई बैंकको सहयोग
काठमाडौं। नेपाल एसबिआई बैंकले विराटनगर महानगरपालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
Advertisement 1
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बरगाछी रानी डिभाइडर सौन्दर्यकरण समिति, विराटनगरलाई बरगाछी–रानी ६ लेन सडकमा वृक्षरोपण कार्याक्रमका लागि आर्थिक सहयोग गरेको हो।
उक्त सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई औपचारिक रुपमा हस्तान्तरण गरे।
Advertisement 2
सो कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो।
प्रकाशित :२०८१ आश्विन १८, शुक्रबार १२:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%