चाडपर्वको मुखमा इन्धनको मूल्यमा राहत

काठमाडौं। चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।

Advertisement 1

मंगलबार बिहानदेखि लागू हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजेलमा २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकमा ६ रुपैयाँप्रतिलिटर तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ।

त्यस्तै, मट्टीतेलमा २ रुपैयाँ घटाइएको निगमले जनाएको छ। एलपी ग्याँसको मूल्य भारतबाट ४१ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गर्दै हाललाई यथावत राखिएको निगमले जनाएको छ।

Advertisement 2

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ। साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ।

प्रकाशित :२०८१ आश्विन १५, मंगलवार ०७:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry