सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य घटेर प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ तोकिएको छ।

Advertisement 1

यसअघि आइतबार सुनको कारोबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँका दरले भएको थियो। यसअघि असोज ३ गते सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ रहेको थियो।

सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ४० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। आइतबार चाँदलीको कारोबार प्रतितोला १९ सय ४५ रुपैयाँका दरले भएको थियो।

प्रकाशित :२०८१ आश्विन १४, सोमबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry