भारी वर्षापछिको बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

ललितपुरः १२ असोजः दुई दिनको अविरल वर्षाका कारण ललितपुर महानगरपालिकाको नख्खु दोभानस्थित बागमती करिडोर क्षेत्रमा जलमग्न अवस्था । तस्बिरः हरि परियार÷रासस

काठमाडौं। भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ। हालसम्म ७२ जना बेपत्ता भएका छन् भने १ सय जना घाइते भएका छन्।

Advertisement 1

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए।

Advertisement 2

उद्धार गरिएकामध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन्।

प्रकाशित :२०८१ आश्विन १३, आईतवार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry