फोनलोनसँगको सहकार्यमा हाम्रो बजारले सुरु गर्यो ‘बाइ नाउ, पे लेटर’

काठमाडौं। अनलाइन मार्केटप्लेस हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ।

Advertisement 1

फिचरलाई हाम्रोबीएनपीएल नाम दिइएको छ। अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन्। किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने हाम्रो विश्वास छ।

कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आ–आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्ने हाम्रो बजारले बताएको छ।

Advertisement 2

हाम्रो बीएनपीएलमार्फत ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन । ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिना नै सुविधा उपभोग गर्न सक्छन्। हाम्रो बजारको हाम्रो बीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्ने बताइएको छ।

प्रकाशित :२०८१ आश्विन १०, बिहीबार १२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry