१ लाख ६० हजार नाघ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका बुधबार ७ सय रुपैयाँले सुनको मूल्य बढ्दै नयाँ रकेर्ड बनेको हो। महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ तोकिएको छ।
Advertisement 1
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ रहेको थियो। यस साता सुनको मूल्यमा दिनदिनै नयाँ रकेर्ड बनिरहेको महासंघले बताएको छ।
यसअघि सोमबार सुनको कारोबार १ लाख ५९ हजार २ सय रुपैयाँ प्रतितोलाका दरले भएको थियो। त्यस्तै आइतबार सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँका दरले कारोबार भएको थियो।
Advertisement 2
बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १८ सय ५५ रुपैयाँ तोकिएको छ। यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ रहेको थियो। सोमबार र आइतबार चाँदीको कारोबार प्रतितोला १९ सय २० रुपैयाँका दरले भएको थियो।