रवि लामिछानेमाथि अब प्रहरीले अनुसन्धान गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि नेपाल प्रहरीले थप अुनसन्धान गर्ने भएको छ।

Advertisement 1

सहकारी ठगी छानबिन विशेष समितिको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइएसँगै प्रहरीले लामिछानेमाथि थप अनुसन्धान गर्ने बाटो खुलेको हो। गृह मन्त्रालयले संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि आइतबार प्रहरी प्रधान कार्यालयमा पठाएको छ।

गृह मन्त्री रमशे लेखकले प्रहरी प्रधान कार्यालयलाई सहकारी ठगीसम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाएका हुन्। यसअघि भदौ ३१ गते सूर्य थापा संयोजकत्वको छानबिन समितिले प्रतिनिधि सभामा छानबिन प्रतिवेदन पेश गरेको थियो।

Advertisement 2

उक्त प्रतिवेदन कार्यान्वयनका लागि सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका थिए। सोहीअनुसार गृह मन्त्रालयमा पुगेको प्रतिवेदन आइतबार प्रहरी प्रधान कार्यालय पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित :२०८१ आश्विन ६, आईतवार १६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry