चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौं। सरकारले चाडपर्व लक्षित सुपथ मूल्य सञ्चालनमा ल्याएको छ। बिहीबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। देशभरको ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ। कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बिहीबारदेखि सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसल पुस १० गतेसम्म चल्ने छन्।

Advertisement 1

उनका अनुसार काठमाडौं उपत्यकामा थापाथली, रामशाहथप, नख्खु र सूर्यविनायक गरी ४ ठाउँमा सुपथ मूल्य सञ्चालनमा छन्। यसअघि सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनका लागि ३ करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो।

कम्पनीले चामल तथा दालमा प्रतिकेजी ५ रुपैयाँ छूट दिने बताएको छ। त्यस्तै खानेतेलमा प्रतिलिटर ७ रुपैयाँ, गेडागुडी प्रतिकेजी ७ रुपैयाँ, पिठो, मैदा प्रतिकेजी ७ रुपैयाँ, चिउरा, चिनी, क्वाँटी, कर्णालीको सिमी–गेगागुडी, फापर दाना, चिनो, कागुनो, उवा जम्ली मार्सीमा प्रतिकेजी ७ रुपैयाँ छूट दिइने कम्पनीले जानकारी दिएको छ।

Advertisement 2

त्यस्तै जिउँदो खसी–बोका, च्यांग्राको मासु र डिडिसीको घिउमा प्रतिकेजी १० रुपैयाँ छूट दिइने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित :२०८१ आश्विन ३, बिहीबार १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम