ठमेल प्लाजा होटल एण्ड सुइटस्को सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ

काठमाडौं। ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणहरुलाई जारी गर्न लागेको प्रति सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ।

Advertisement 1

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण सेयरको लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको हो। त्यसका लागि र्दुइ पक्षीय सम्झौता गरिएको छ।

सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटल एण्ड सुइटस्का तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले हस्ताक्षर गरेका छन्। नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बंैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

Advertisement 2

यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित :२०८१ आश्विन ३, बिहीबार ११:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम