पोखरामा डा क्षेत्री र कर्णालीमा डा रावल उपकुलपतिमा नियुक्त
सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ । पोखराको उपकुलपतिमा डा डुकबहादुर क्षेत्री नियुक्त भएका छन् भने कर्णालीमा डा मंगल रावल नियुक्त भएका छन् ।
कर्णालीका उपकुलपतिका लागि डुकबहादुर क्षत्रीसहित डा श्रीकृष्ण श्रेष्ठ र डा भरतबहादुर कार्कीको नाम सिफारिस भएको थियो । जसमध्ये पहिलो नम्बरमा नाम सिफारिस भएका क्षत्रीलाई नियुक्त गरएको हो ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा मंगल रावललाई नियुक्त भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्च कमिटिले सिफारिस गरेका तीन जनामध्येबाट पहिलो नम्बरमा परेका डा रावललाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।
Advertisement 1
प्रकाशित :२०७७ चैत्र २३, सोमबार ०५:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%