सर्वोच्चका वकिलमाथि ‘चोलेन्द्रका समर्थक’द्वारा जुत्ता प्रहार

धर्नामा बसिरहेका कानुन व्यवसायीहरुलाई जुत्ता हान्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई संसदका महासचिव डा भरतराज गौतमले महाअभियोग निस्क्रिय भएको क्लिन चिट दिएसँगै उनी बुधबारै सर्वाेच्च अदालतमा फर्कने तयारीमा थिए ।

Advertisement 1

राणाको प्रवेश रोक्ने सर्वाेच्च बार र नेपाल बारका कानुन व्यवसायीहरु अदालतको गेटमै धर्नामा बसिरहेका थिए । त्यस्तैमा त्यहाँ पुगेकी तारा बरालले सर्वोच्च अदालतको गेटमा धर्ना बसेका वकिलहरुको समूहमाथि जुत्ता हानेकी हुन ।

धर्नामा बसेका वकिलहरुलाई जुत्ता हानेर गालीगलौज गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement 2

बराललाई प्रहरी बृत सिंहदरबार लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित :२०७९ मंसिर २१, बुधबार १५:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry