लगातार तेस्रो दिन स्थिर सुनको मूल्य, चाँदीमा गिरावट

काठमाडौं। नेपाली बजारमा बुधबार लगातार तेस्रो दिन पनि सुनको मूल्य स्थिर रहेको छ। न्ेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारयता नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको हो।
Advertisement 1
बुधबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। त्यस्तै चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँले गिरावट आएको छ।
सोमबार र मंगलबार प्रतितोला १७ सय ७५ रुपैयाँका दरले कारोबार भएको चाँदी बुधबार १७ सय ५५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८१ भाद्र १९, बुधबार १२:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%