मुख्यसचिव अर्यालले गरे पदभार ग्रहण

काठमाडौं। बिहीबार मुख्यसचिवमा नियुक्त भएका एक नारायण अर्यालले आइतबार पदभार ग्रहण गरेका छन्। २७औं मुख्यसचिवका रुपमा पदभार ग्रहण गरेका उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुले स्वागत गरे।
Advertisement 1
पदभार ग्रहणका क्रममा मुख्य सचिव अर्यालले सार्वजनिक सेवा तथा विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन बताए। यसअघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहसचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो।
बढुवा भएको मितिलगायत बरियताका आधारमा चौथो नम्बरमा रहेका अर्याललाई उत्कृष्ट कार्यसम्पादनका आधारमा मुख्य सचिवमा बढुवा गरिएको क्याबिनेटका सदस्यहरुको भनाइ छ।
Advertisement 2
को हुन् मुख्यसचिव नियुक्त भएका अर्याल?
प्रकाशित :२०८१ भाद्र १६, आईतवार १४:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%