छड्के अनुगमनमा भेटिएनन् अस्पतालमा चिकित्सक

जलेश्वर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरमास्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ।
Advertisement 1
जलेश्वर अस्पताललाई सधैँ ‘रेफर’ अस्पतालका रुपमा सुनिँदैै आएको र चिकित्सक ‘अनकल’ (फोन गरेपछि मात्रै आउने) मा रहने गरेको सुनिँदै आएको जानकारीका आधारमा उनी आइतबार राति छड्के जाँच तथा निरीक्षण गर्न अस्पताल पुगेका थिए। निरीक्षणको क्रममा ‘इमरजेन्सी’ (आकस्मिक) वार्डमा चिकित्सक अनुपस्थित हुनाका साथै कुन चिकित्सकको ‘ड्युटी’सम्बन्धी ‘चार्ट’ नदेखिएको उनले जानकारी दिए।
अन्य स्वास्थ्यकर्मी पनि न्यून संख्यामा उपस्थित रहेको मुख्यमन्त्रीले सिंहले बताए। उनले जलेश्वर अस्पतालमा चिकित्सक तथा सम्बन्धित स्वास्थ्यकर्मीकै उदासीनताले गुणस्तरीय सेवा बिरामीले प्राप्त गर्न नसकेको बताए।