ज्योति विकास बैंकका ग्राहकहरुलाई ट्रांक्विलिटी स्पामा ३० प्रतिशतसम्म छुट
काठमाडौं। ज्योति विकास बैंकका ग्राहकले ट्रांक्विलिटी स्पामा ३० प्रतिशतसम्म छुट पाउने भएका छन्। त्यसका लागि बैंक र स्पा सञ्चालकले सम्झौता गरेका छन्।
Advertisement 1
सम्झौताअनुसार बैंकका ग्राहकले उक्त स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्म छुट पाउने छन्। साथै अन्य सेवाहरु ब्युटी सैलूनलगायतमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको छुट पाउने बैंकले जानकारी दिएको छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै आएको छ।
प्रकाशित :२०८१ भाद्र ७, शुक्रबार १३:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%