मर्स्याङ्दीमा बस खस्यो

तनहुँ। पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्र्यांदी नदीमा खसेको छ। आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मस्र्यांदी नदीमा खसेको हो।
Advertisement 1
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए।
उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए। यात्रुको संख्या भने एकीन हुन सकेको छैन। अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित :२०८१ भाद्र ७, शुक्रबार १२:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%