नेपाली सेनामा २८० क्याडेटका लागि आवेदन माग

काठमाडौं। नेपाली सेनाले २८० जना अधिकृत क्याडेटका लागि आवेदन माग गरेको छ। शुक्रबार सूचना जारी गर्दै २८० जनाका लागि आवेदन माग गरेको हो।
Advertisement 1
रिक्त अधिकृत (सहायक सेनानी तथा उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको हो।
जसमा खुलातर्फ १४७, महिला २४, आदिबासी– जनजाति ३८, मधेशी ३३, दलित १८, पिछडिएको ६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको सिट छ।
Advertisement 2
आगामी असोज ६ गतेसम्म नेपाली सेनाको वेबसाइटमार्फत अनलाइन आवेदन सकिनेछ।
प्रकाशित :२०८१ भाद्र ७, शुक्रबार ११:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%