गाउँकमिटीलाई पूर्णता दिइने छः अध्यक्ष इन्द्र गौतम

सर्वोच्च अदालतको आदेशपछि साविक पार्टीमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को रसुवा जिल्ला कमिटीले बिस्तारित बैठक सम्पन्न गरेको छ । शनिवार कालिकास्थानमा जिल्ला संगठन समितिको बिस्तारित बैठक सम्पन्न भएको हो ।
Advertisement 1
उक्त बैठकमा सहभागीहरुले नेकपा(एमाले) संगको एकता र सम्बन्ध विच्छेदबारे सवालजवाफ गरेका बताइएको छ । एकता र सम्बन्ध विच्छेद बीचको समय र त्यसयता जिल्लामा भएका राजनीतिक गतिविधिहरु र त्यसले पारेको प्रभावबारे ‘फिल्ड रिपोर्टिंग’ समेत भएको थियो । बैठकमा रसुवाका पाँच वटा गाउपालिकाको तर्फबाट पार्टीको अवस्था रिपोर्टिंग गरिएको थियो ।
रसुवाको कालिपालिकाबाट चाम्सिङग तामाङ ,उत्तरगया बाट यमनाथ आचार्य ,नौकुन्ड बाट केसब पौडेल ,गोसाइँकुण्ड बाट र आमाछेदुङ्गबाट ले रिपोर्टिंग गर्दै सर्वोच्चको आदेशले नेता निराश भएपनि कार्यकर्ता उत्साहित भएको बताएका एक सहभागीले जनाएका छन् । विगतमा पार्टी एकतापछि एक पटक पनि जिल्ला बैठक बस्न नसकेको र नगर कमिटी गठन समेत हुन नसकेको स्मरण गर्दै उनीहरुले त्यो संगठन अन्तत सकिने लाइनमै भएकोले निरास नबन्न उल्टै नेताहरुलाई अर्ती दिए । बैचारिक एकता बिना नै भिडको नेता बन्न खोज्दा भयानक दुर्घटना भएको र त्यसले माओवादी आन्दोलनलाई भने राम्रो नै गरेको उनीहरुको निष्कर्ष छ । ”कालिकाका सच्चा र इमान्दार कार्यकर्ता यसबाट खुशी नै छन् । पार्टीलाई माओवाद छोड्ने छुट अब छैन ।” कालिकाका इन्चार्ज देवकोटा ले भने ।
पार्टीको सरकार हुँदा जनविरोधी कार्य भएको र त्यसको विरोध गर्न नसक्दा जनताका मुद्दा ओझेलमा परेको कर्यकर्ताहरुले गुनासो गरे । ”हामीले बिकास निर्माण को सवालमा जनतालाई साथ् दिन सकेनौं ।अब जनतालाई लिएर संगठन लाई पुनर्निमाण गर्नुपर्ने चुनौती हामीलाई छ ।” कालिकाको रिपोर्टिंग गर्दै स्थानीय नेता नेत्र प्रसाद लामिछानेले बताएका छन् ।
Advertisement 2
त्यसैगरी रसुवा नौकुण्ड गाउपालिकाको रिपोर्टिंगका क्रममा केसब पौडेलले रसुवा बाट केहि नेताहरु एमाले तिर गएका र केहि निष्क्रिय भएका बताएका थिए ।
नेताले गरे नबिग्रिने प्रतिवद्धता
नेकपा(माओवादी केन्द्रको) रसुवा जिल्ला संगठन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै बागमती प्रदेश सहइन्चार्ज हित बहादुर तामाङले अब आफूहरु नबिग्रिने प्रतिवद्धता प्रकट गरे । काम गर्ने नेताकार्यकर्ता भन्दा वरिपरि रहेर गुणगान गर्ने नेताकार्यकर्ताका कारण पार्टी नेतृत्वले सहि निर्णय लिन र उचित जिम्मेवारी दिन नसकेको जिकिर गर्दै माधव लामिछाने ूसमीरूले सोहीकारण सक्षम नेताकार्यकर्ता पाखा परेका र संगठन ध्यस्त बनेको बताए । ‘अब हामी सबै सच्चिऔं, सहि व्यक्तिलाई सहि ठाउँको जिम्मेवारी दिएर फेरि नेकपा (माओवादी केन्द्रं) को संगठनलाई उचाईंमा पुर्याऔं ।” उनले भने ।
Advertisement 3
उक्त अवसरमा नेता तामाङ ले तत्कालिन पार्टी एकता र नेकपा निर्माण माओवादी केन्द्रले सहि नियतले गरेको भएपनि तत्कालिन अध्यक्ष केपी ओलीले त्यसलाई गलत उदेश्यमा प्रयोग गर्न खोजेको र त्यसमा सहभागी हुन नमानेपछि यो अवस्था आएको दावी गरे । अध्यक्ष प्रचण्डले पहिल्यौं प्रधानमन्त्रीको आधा आधा सहमती छोडिसक्दा पनि पदको झगडा भनेर प्रचार गरिएको र सांगठनिक कुरालाई ओझेलमा पार्ने प्रयास भएको स्मरण गर्दै उनले ओली प्रवित्ति कम्युनिष्ट विरोधी भएको बताए । प्रदेश सह इन्चार्ज हित बहादुर तामाङले ओली गुटको एमालेमा लागेका नेताकार्यकर्ता प्रतिगमनकारी ? भएका र उनीहरु नेपालको कम्युनिष्ट इतिहासमा कलंकित बन्ने दावी गर्दै त्यस्ता पात्रहरुलाई पार्टीले प्रतिस्थापन गर्नुको बिकल्प नभएको बताए ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का इन्चार्ज बिमला सुबेदिले रसुवा मा पार्टी संगठनलाई पहिलो प्राथमिकता दिएर काम गर्न निर्देशन दिए । प्रत्येक वडा र नगरमा समेत कार्यालय स्थापना गरी जनतासंग जोडिन उनले जिल्लाका ? नेताकार्यकर्तालाई निर्देशन दिएका हुन । त्यसैगरी बागमती प्रदेश कमिटी सदस्य माधव लामिछाने समीरले कम्युनिष्ट आचरण व्यवहारमा समेत लागू गर्नुपर्ने आवश्यकता औल्याएका थिए भने जिल्ला अध्यक्ष जगतजङ्गले एमालेमा केपी ओली गुटले कोपरामा पस्केको खाना खान गएका माओवादी नेताकार्यकर्ताका कारण सच्चा माओवादीको शीर निहुरिएको र उनीहरुलाई इतिहासले क्षमा नदिने जिकिर गरे । उक्त अवसरमा प्रदेश कमिटी सदस्य माधव लामिछाने ,प्रभाकर घिमिरे जिल्ला नेता उद्दव रिजाल,जग्गतनाथ लामिछाने ,पासाङ थोक्रालगायत नेताकार्यकर्ता समेत उपस्थित रहेका थिए ।
संगठनमा जोड
बैठकले तिन महिने संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको छ । जनताको घर दैलोमा पुगी संगठनको काम गर्नेगरी संयोजकसमिति नै बनाइएको छ । प्रत्येक वडामा कम्तिमा ४ जना होल टाइमर सहितको संगठन निर्माण गर्ने र प्रदेश स्तरका नेतालाई वडामा केन्द्रित गरी वडा कमिटीलाई मजबुद बनाउने बताइएको छ ।
गाउँ कमिटी निर्माण
पार्टीको बिस्तारित जिल्ला बैठकले रसुवा का पाँच वटै गाउपालिकामा कमिटी निर्माण गरेको छ । केहि सदस्य पछि पदपूर्ती गर्ने गरी गाउँकमिटीलाई पूर्णता दिइएको अध्यक्ष इन्द्र गौतम जगतजङ्गले बताए ।