सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं। अन्तरर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा मंगलबारको वृद्धिपछि हालसम्मकै उच्च पुगेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रतितोला छापावाल सुन १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने स्थिर छ। आज प्रतितोला चाँदी १ हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।
प्रकाशित :२०८१ श्रावण २९, मंगलवार १२:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%