नेप्से परिसूचकमा उच्च अंकले गिरावट
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४५.०५ अंकले घटेको नेप्से २६५१ अंकमा पुगेको छ। कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७.२२ अंकले ओरालो लागेर ४६४.५६ मा सीमित भएको छ।
Advertisement 1
कुल ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयरको खरिद बिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार घटेकोे बजारमा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
कुर्थली बुखरी स्मल हाइड्रोपावर ९.९७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो ३.९४, मेघा म्युचुअल फण्ड पहिलो ३.८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले ३.१६ प्रतिशतले कमाएका छन्।
Advertisement 2
नेपाल फाइनान्स, गुर्खाज फाइनान्स,सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रो पावर र एनआरएन इन्फास्ट्रक्चरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।