एनआईसी एशिया बैंकको नाफा १ अर्ब ३८ करोड रुपैयाँ

काठमाडौं। एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८०को तुलनामा घटेको देखिएको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएको थियो। गत आर्थिक वर्ष २०८०/८१को वित्तीय विवरण अपरिष्कृत भएकाले नाफामा परिवर्तन हुन सक्ने सम्भावना अझै छ।

Advertisement 1

बैंकका अन्य सूचकहरु मध्य रहेका बैंकले सार्वजनक गरेको वित्तीय विवरणबाट देखिन्छ। जसअनुसार बैंकको खुद ब्याज आम्दानी १० अर्ब ६१ करोड छ। त्यस्तै चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ५५ करोड रुपैयाँ छ।

बैंकको प्रतिसेयर आम्दानी ९.२६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २०२.२६ रुपैयाँ छ। ३ खर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ७२ अर्ब रुपैयाँ ऋण लगानी गरिएको बताएको छ। बैंकको खराब कर्जा १.६४ प्रतिशत छ। सीडी रेसिया ७७.९८ प्रतिशत रहँदा स्प्रेड दर ३.९९ प्रतिशत छ। बैंकको वितरणयोग्य नाफा माइनस २ अर्ब ३० करोड रुपैयाँ रहेको छ।

प्रकाशित :२०८१ श्रावण २१, सोमबार ११:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry