बाबुरामको प्रश्न : रत्नाकर बाल्मिकी बनेको सुनेकै छौं, मनाङेलाई किन पूर्वाग्रह राख्ने ?

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले कुनै पनि मान्छे जन्मजात अपराधी नहुने बताएका छन् । दीपक मनाङेको विषयमा टिप्पणी गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
Advertisement 1
राजीव गुरूंग ( दीपक मनांगे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसंग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न।
मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।अत:अपराध/अपराधी एक सापेक्ष अबधारणा हो।
Advertisement 2
मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएॅ- नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्;अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्।त्यही सोचका साथ आफु प्रम छॅदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएॅ,जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन। रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयाॅ जीवन र नयाॅ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने? किन पूर्वाग्रह राख्ने?
बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिने समयमा संसद्मा मनाङे अनुपस्थित भएका थिए। मनाङेले मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेको साँझ भट्टराईसँग भेटेको तस्बिर सार्वजनिक भएको थियो। उनै मनाङेको साथ पाएपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। पोखरेलले उनलाई शनिबारै विना विभागिय मन्त्री बनाइसकेका छन्।













