आजदेखि १ रुपैयाँ घट्यो पेट्रोलको मूल्य
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति विज्ञप्ति जारी गर्दै बिहीबारदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्य घटाइएको जानकारी गराएको हो।
Advertisement 1
निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका दरले घटाइएको छ। हवाई इन्धनको मूल्य यथावत कायम राखिएको निगमले जानकारी दिएको छ। यसअघि पहिलो वर्गमा पेट्रोलको मूल्य १६८ रहेकामा अहिले मूल्य घटेर १६७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। यसैगरी दोस्रो वर्गको १७० मूल्य रहेकामा घटेर १६९ पुगेको छ भने तेस्रो वर्गको पेट्रोलको मूल्य १७१ रहेकामा घटेर १७० रहेको निगमले जानकारी दिएको छ।
डिजेल र मट्टितेलको पनि पहिलो वर्गको १५७ रहेकामा घटेर १५५ पुगेको छ। यसैगरी दोस्रो वर्गको १५९ रहेकामा घटेर १५७ पुगेको छ भने तेस्रो वर्गको १६० रहेकामा घटेर १५८ पुगेको निगमले जानकारी दिएको छ। निमगका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन्। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गअन्तर्गत पोखरा, काठमाडौँ, दिपायल रहेका छन्।