आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो।

Advertisement 1

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रहेकामा १ सय ६२ कायम भएको छ। दोस्रो वर्गका लागि प्रतिलिटर १ सय ६९ रहेकामा १ सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ७० रहेकामा १ सय ६५ रुपैयाँ कायम गरिएको छ।

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि १ सय ५५ रहेकामा १ सय ५२ रुपैयाँ कायम गरिएको छ। साथै दोस्रो वर्गका लागि १ सय ५७ रुपैयाँ रहेकामा १ सय ५४ र तेस्रो वर्गका लागि १ सय ५८ रुपैयाँ रहेकामा १ सय ५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

Advertisement 2

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ र दीपायललाई राखिएको छ। डिपोबाट ढुवानीको दुरीअनुसार वर्ग छुट्याइएको निगमले बताएको छ।

प्रकाशित :२०८१ श्रावण ३२, शुक्रबार ०८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry