नेप्सेमा मौद्रिक नीतिको प्रभाव, २२ मिनेटमै दोस्रो सर्किट
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ। चलु आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीतिपछि आइतबार पहिलो कारोबार सुरु भएको नेप्सेमा दोस्रो पटक सर्किट लागेको हो।
Advertisement 1
बजार खुलेलगत्तै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो। त्यस्तै, दोस्रोपटक कारोबार सुरु भएको १ मिनेटभित्रै परिसूचक १ प्रतिशत बिन्दुले बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ। २२ मिनेटमा बजार १२९.०७ अंकले बढेको छ।
चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको थियो। त्यसैको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो।
प्रकाशित :२०८१ श्रावण १३, आईतवार ११:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%